आरोपको निष्पक्ष छानबिन गरी तत्काल निर्णय लिनुपर्छः महामन्त्री कोइराला


१४ आश्विन २०७६, मंगलवार १५:२२ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख कृष्णबहादुर महराले महिला कर्मचारीमाथि ‘रेप’ गरेको गम्भीर आरोप लागेको उल्लेख गर्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

महामन्त्री कोइरालाले सभामुख महराले संसद सचिवालयकै कर्मचारीमाथि ‘रेप’ गरेको भन्ने आरोप गम्भीर मुद्दा भएको भन्दै त्यसको निष्पक्ष छानबिन गरेर आवश्यक निर्णय लिनुपर्ने बताएका हुन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘हुनत यो आरोप आरोप मात्रै होला, तर त्यसमाथि छानबिन भएर तत्काल निर्णय लिनुपर्ने’ पनि स्पष्ट पारे । सभामुख महरामाथि सोमबार साँझ संसद संचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

महामन्त्री कोइरालाले रेडियो नेपालका तीजना पत्रकारलाई सरकारले निष्काशन गरेकोमा आपत्ति जनाउँदै तत्काल पुनर्वहाली गर्न पनि आग्रह गरे । उनले सरकारले पत्रकारहरुमाथि नियन्त्रण हुने गरी कानुन बनाउन खोजेको दावी गर्दै सैह्य नहुने चेतावनी पनि दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here