पार्टीको अनुमतिविना चन्दा संकलन गरिरहेको प्रती विप्लवको ध्यानाकर्षण


१४ आश्विन २०७६, मंगलवार १४:४२ मा प्रकाशित

चितवन । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा भरतपुर महानगर कमिटीले केही व्यक्तिले पार्टीको अनुमतिविना चन्दा संकलन गरिरहेको जनाएको छ ।

कमिटीका सेक्रेटरी देवकुमार र इन्चार्ज विजय शर्माद्वारा जारी हस्ताक्षरीत विज्ञप्तीमा अनुमतिविना भइरहेको चन्दा संकलन प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तीमा यसअघि नै पार्टीबाट निष्काशन गरिएका पुरन राई लगायतका केही व्यक्तिले विभिन्न स्थानबाट पार्टीको नाममा आर्थिक सहयोग लिएको पाइएको उल्लेख छ । यस्ता गतिविधि नसच्चिए उचित कारबाही गर्ने चेतावनी पनि दिइएको छ । पार्टीको नाममा आर्थिक सहयोग लिन आएको पाइएमा पार्टीको महानगर कमिटिलाई खबर गर्न उद्योगी व्यवसायीलाई अनुरोध पनि गरेको छ ।

विज्ञप्तीमा भनिएको छ ‘मालपोत कार्यालय चनौली, स्मल हेभेन स्कुल कैलाशनगर, जानकी मावि लगायतका केही स्थानमा म नेपाल कम्युनिष्ट पार्टीको सदस्य हुँ भनी आर्थिक सहयोग लिएको सूचनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । नसच्चिए उचित कारबाही गर्न पार्टी बाध्य हुने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here