काठमाडौं । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकासिएको छ ।
कालिमाटी तरकारी बजार विकास समितिका अनुसार सोमबार एक किलो प्याजको खुद्रा मुल्य १सय ३५ रपैयाँ (औसतमा) पुगेको छ । अघिल्लो दिन १ सय ५ रुपैयाँ मात्र थियो । भारतीय प्रतिबन्धको असर नेपाली बजारमा परेको समितिका अधिकारीहरु बताउँछन् ।





