इलाम । इलाम नगरपालिका–२ मा दुर्घटनामा एक जना प्रहरीको ज्यान गएको छ ।
अपराहन्न २ बजेको समयमा बिब्ल्याँटे बाटे सुम्बेक जाने क्रममा छाँगे खोलामा मोटरसाइकल दुर्घटनामा परेर अस्थायी प्रहरी पोष्ट बिब्ल्याटेका इञ्चार्ज रविकुमार मगरको निधन भएको हो । सुम्बेकमा झगडा भएको भनि सुचना आएपछि बा २ ब २२८८ नम्बरको बाइक चढेर घटनास्थल तर्फ हिडेका थिए ।
सो क्रममा बाटोमाथीबाट आएको ढुङगा बाइकसंगै करिब ५० मिटर तल खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका हवलदार ऋद्धि खनालले जानकारी दिए । उनीसंगै गएका रामसेवक मोची घाइते भएका छन् । उनको इलाम अस्पतालमा उपचार भइरहेको छ ।





