इमरानले लगाएको आरोपको भारतले फर्कायो जवाफ


११ आश्विन २०७६, शनिबार १३:५७ मा प्रकाशित

भारत । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्र संघको महासभामा दिएको अभिव्यक्तिको भारतले जवाफ फर्काएको छ ।

प्रधानमन्त्री खानले भारतले शान्तिका लागि गरिएका सबै प्रयासहरु विफल बनाएको लगायतका आरोप लगाएका थिए । पाकिस्तानी प्रधानमन्त्रीको मन्तव्यपछि भारतले महासभामा राइट टू रिप्लाईको अधिकार प्रयोग गरी खानको अभिव्यक्तिलाई भड्काउ र झूठो रहेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयकी प्रथम सचिव विदिशा मैत्राले पाकिस्तानले आफ्नो देशमा कुनै आतंकवादी संगठन नरहेको, आल कायदासँग सम्बन्ध राख्ने व्यक्तिहरुको पेन्सन नरोकेको जस्ता विषयमा पाकिस्तानले जवाफ फर्काउन नसक्ने दाबी गरे ।

बिहीबार पाकिस्तानी प्रधानमन्त्री खानले राष्ट्रसंघको महासभामा दिएको लगभग ५० मिनेट लामो मन्तव्यमा भारतमाथि थुप्रै आरोपहरु लगाइएको थियो । साथै भारत ठूलो बजार भएकाले विश्वका अन्य देशहरु भारतले गर्ने अपराधमा पनि चुप लाग्ने गरेको आरोप खानले लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here