मनसुनी गतिविधि सक्रिय, अझै केही दिन सक्रिय नै रहने


११ आश्विन २०७६, शनिबार १३:३१ मा प्रकाशित

काठमाडौं । नेपालमा अरब सागर र बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केही सक्रिय रहेको छ ।

यो अझै सक्रिय नै रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । भारतको गुजरात र अरब सागर आसपासमा न्यूनचापीय प्रणाली रहेको जनाइएको छ । अर्को न्यूनचापीय प्रणाली भारतको उत्तर प्रदेशमा रहेको महाशाखाले जनाएको छ । सोही कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका केही र पश्चिमका एक/दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशभर सामान्य बदली रहनेछ । महाशाखाका अनुसार शनिबार दिउँसो देशको पूर्वदेखि पश्चिमसम्मका केही स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । यस्तै, देशका मध्य तथा पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

शनिबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पूर्वदेखि पश्चिमसम्मै अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशका पूर्व र मध्यका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आइतबार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशका मध्य तथा पूर्वका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here