पथरीमा दुर्घटना, १४ जना घाइते दुईको अवस्था चिन्ताजनक


८ आश्विन २०७६, बुधबार १४:१३ मा प्रकाशित

मोरङ । मोरङको पथरीशनिश्चरे–२ मा पिकअप भ्यान र बस एक आपसमा ठोकिदा १४ जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्र्तगत मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित जय चोकमा यात्रु वाहक बस र पिकप ठोक्किएर दुर्घटना हुँद १४ जना घाइते भएको प्रहरीले जनाएको छ । पश्चिम बाट पुर्व आईरहेको को १ ख ४२७८ नम्बरको बस र बिपरीत दिशा तिर गईरहेको पिकअप भ्यान एक आपसमा ठोकिदा १३ जना घाइते भएका थिए भने को १६ प ६१४५ नम्बरको स्कुटि क्षति ग्रस्त भ्यान र बसमा ठोकिदा थप एक जना घाइते भएका इलाका प्रहरी कार्यालय पथरीका प्रमुख (डिएसपि) लक्ष्मी अधिकारीले बताए ।

घाइते मध्ये पिकअप भ्यानका चालक र सहचालक गम्भिर रहेको अधिकारीले जानकारी दिए । भ्यानका चालक केवल कुमाल तथा सहचालक मनिस दर्जीको अवस्था गम्भिर रहेको डिएसपि अधिकारीले बताए । अधिकारीका अनुसार उनिहरुको उपचार लाइफ लाइन हस्पिटल दमक र बिराटनर्सिङ होम बिराटनगरमा भइरहेको छ । स्कुटिका चालक करण धिमाल भने उपचार पछि घर फर्कीएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको स्थाजीय मेडिकलमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here