झापा । शिक्षाप्रेमि तथा समाजसेवी दिनबन्धु गोयलले भद्रपुर २ स्थित सरस्वती माध्यमिक विद्यालयलाई एक दर्जन सिलिङ पंखा दिएका छन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको समस्यालाई मध्यनजर गरी समाजसेवी गोयलले आफ्ना दाजु स्व. ओमप्रकाश गोयलको स्मृतिमा सरस्वती माविलाई १२ थान सिलिङ पंखा प्रदान गरेका हुन् । विद्यालयमा सोमबार एक संक्षिप्त कार्यक्रमका बीच समाजसेवी गोयलले प्रदान गरेको सिलिङ पंखा व्यापारी सुवोध कोठारीको नेतृत्वमा गएको टोलीले विद्यालयलाई हस्तान्तरण गरेका थिए । समाजसेवी गोयलले यसअघि पनि विद्यालयलाई शैक्षिक सामग्री र विद्यालय पोशाक प्रदान गरेका थिए ।

व्यापारी कोठारीले विद्यालयका प्रधानाध्यापक जयिता राय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार राजभण्डारीलाई उक्त पंखा हस्तान्तरण गरेका हुन । समितिका अध्यक्ष राजभण्डारीको अध्यक्षता भएको कार्यक्रममा पिटिए अध्यक्ष नरपति चापाँगाईले लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य राख्दै प्रधानाध्यापक रायले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि समाजसेवी गोयल यस्तै दाताहरुको आवश्यकता रहेका बताइन् । कार्यक्रममा युवा व्यापारी विनय गोयल, दिलीप बंशल, मनोज श्रेष्ठ लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शिक्षक प्रेम चाम्लिङ गरेका थिए ।





