करेन्ट चाउचाउबारे कम्पनीको प्रष्टिकरण: अधिकांश उत्पादन सुरक्षित र गुणस्तरीय


२६ जेष्ठ २०८३, मंगलवार १३:४३ मा प्रकाशित

रुपन्देही । खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनापछि यशोदा फुड्स प्रालिले करेन्ट हट एण्ड स्पाइसी चाउचाउका अधिकांश उत्पादनहरू सुरक्षित रहेको स्पष्ट पारेको छ।

कम्पनीले जारी गरेको सूचनाअनुसार करेन्ट हट एण्ड स्पाइसी १०० ग्रामको उत्पादन मिति २०२६।०२।२३ तथा ब्याच नम्बर ०४ए भएको चाउचाउबाहेक अन्य सबै उत्पादनहरू उपभोगका लागि सुरक्षित रहेका छन्। उक्त ब्याचबाहेक फरक उत्पादन मिति तथा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू गुणस्तरीय र उपभोगयोग्य रहेको कम्पनीको दाबी छ।

यशोदा फुड्सका अनुसार बजारमा उपलब्ध अन्य सबै ब्याचका उत्पादनहरू निर्धक्क रूपमा उपभोग गर्न तथा बिक्री–वितरण गर्न सकिने भएकाले उपभोक्ता, विक्रेता तथा वितरकहरूलाई कुनै भ्रममा नपर्न आग्रह गरिएको छ।

कम्पनीले खाद्य सुरक्षाप्रति आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय र परीक्षण प्रक्रियामा निरन्तर सहकार्य गरिरहेको जनाएको छ।

यशोदा फुड्स प्रालिको मुख्य उत्पादन करेन्ट हट एण्ड स्पाइसी चाउचाउ नेपालका विभिन्न जिल्लामा बिक्री–वितरण हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here