योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त


२४ चैत्र २०८२, मंगलवार १४:२७ मा प्रकाशित

काठमाडौं । पेट्रोलियम आपूर्ति सहज बनाउन ‘वर्क फ्रम होम’ र विद्यतुीय सवारीको प्रयोग बढाउन सरकारको आह्वान 


सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिनुभएको हो ।

उहाँकाअनुसार बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त गरेको छ । उहाँले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

बैठकले वृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

उहाँले ललितपुर महानगरपालिका वडा नम्बर ३  पुलचोकमा रहेको जलस्रोत तथा उर्जा अनुसन्धान केन्द्रलाई ललितपुर जिल्लाकै गोदावरी नगरपालिका वडा नम्बर ३ मा स्थानान्तरण गर्ने निर्णय गरेको समेत जानकारी दिनुभयो ।

उहाँले विगत पन्ध्र दिनमा पेट्रोलियम पदार्थको आपूर्तिका कारण आयल निगम ११ अर्ब बढी घाटामा गएको कारण मूल्य समायोजन गर्नुपरेको समेत बताउनु भयो । उहाँकाअनुसार पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आवश्यक परेको खण्डमा सरकारले सवारी साधनमा जोर बिजोर प्रणाली समेत लागू गर्न सक्नेछ ।

उहाँले सरकारले आम नागरिकलाई वर्क फ्रम होम र विद्युतिय सवारीको प्रयोग बढाउन आह्वान गरेको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here