संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई इरान विरुद्धको युद्ध रोक्न र इरानलाई आफ्ना छिमेकीहरूमाथि आक्रमण गर्न बन्द गर्न पुनः आह्वान गर्नुभएको छ ।
महासचिव गुटेरेसले मध्य पूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभएको हो । उहाँले युद्धले निम्त्याउने मानवीय संकट र विश्वव्यापी आर्थिक असरबारे चेतावनी दिनुभयो ।
उहाँकाअनुसार, द्वन्द्वले पहिले नै विनाशकारी आर्थिक परिणामहरू निम्त्याउन थालिसकेको छ र यसले विश्वभरका मानिसहरूको जीवनलाई प्रभावित गरिरहेको छ । गुटेरेसले थपे कि संवाद नै एक मात्र बाटो हो जसले विनाशलाई रोक्नसक्छ ।
उहाँले विश्वका नेताहरूलाई जिम्मेवार बन्न र शान्तिका लागि पहल गर्न आह्वान गर्नुभयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।






