काँग्रेस नेता, कार्यकर्तालाई शेखर कोइरालाको स्पष्टोक्तिः म पार्टीको कुनैपनि समूहमा छैन


२१ चैत्र २०८२, शनिबार १५:४३ मा प्रकाशित


नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले आफू पार्टीको कुनैपनि समूहमा नरहेको बताउनुभएको छ । 


नेता कोईराला संस्थापन इतर समूहमा रहेको समाचार संप्रेषण भईरहेका बेला उहाँले आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्टिकरण दिनुभएको हो । शनिवार काठमाडौंमा  आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोईरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाउनु भयो ।

उहाँले आफ्नो लक्ष्य काँग्रेसलाई एकढिक्का बनाउने जिकिर गर्दैं त्यसका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताउनु भयो । काँग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने आफनो इच्छा रहेको नेता कोईरालाको भनाई थियो । 

त्यस अवसरमा काँग्रेस नेता कोइरालाले विपी कोइरालाको नाममा खोलिएको सो अस्पताललाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि त्यहाँबाट अवकाश पाएका चिकित्सकहरुको विशेष योगदान रहन सक्ने समेत बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here