केएमसी पुगेर गृहमन्त्री गुरुङले लिए जेन–जी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी


२० चैत्र २०८२, शुक्रबार १०:१० मा प्रकाशित


गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनका घाइतेहरूसँग काठमाडौं मेडिकल कलेजमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 


बिहीवार राति उहाँले घाइतेहरूको स्वास्थ्यअवस्थाबारे जानकारी लिनुभएको हो । घाईतेको पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आउनुभएको छ । सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा. सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिनुभयो ।

गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिनुभएका मन्त्री गुरुङले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै केएमसी अस्पताल जानुभएको थियो । डा. सुनिल शर्मालाई भेटेर उहाँले घाइतेहरूको अवस्था समेत बुझ्नुभएको थियो ।

अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा. शर्माले बताउनु भयो । गृहमन्त्री गुरुङले जेन–जीका घाइतेहरूको घाउमा मलम लगाएकोमा धन्यवाद दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here