चैत २२ गते प्रतिनिधि सभाको सभामुखको चयनको लागि निर्वाचन हुने


१९ चैत्र २०८२, बिहीबार १८:०६ मा प्रकाशित

प्रतिनिधि सभाको सभामुख चयनको लागि चैत २२ गते निर्वाचन हुने भएको छ ।


बिहीवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख निर्वाचनको लागि मिति तोक्नुभएको हो । सदस्य केसीले संघीय संसदको महासचिव पद्यप्रसाद पाण्डेलाई सभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना बिहीवार नै प्रकाशन गर्न पनि निर्देशन दिनुभएको छ ।

सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ । सोहीअनुसार जेष्ठ सदस्य केसीले सभामुख चयनको लागि निर्वाचनको मिति तोक्नुभएको हो । 

सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here