काठमाडौं । निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाई नगर्न प्रतिनिधि सभाका उम्मेदवारलाई ताकेता गरेको छ ।
शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसार सम्बन्धि सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले बाँकि रहेका उम्मेदवारहरुलाई तत्काल खाता खोल्न सचेत गराएको हो ।
सार्वजनिक विदाका कारण पनि सो खाता खोल्ने काममा उम्मेदवारहरुलाई असहज हुनसक्ने देखिएको र अव यसलाई ढिलो नगर्न पनि सचेत गराइएको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताउनु भयो । उहाँले उम्मेदवारहरुलाई खाता खोल्ने काममा बैंकहरुलाई सहजीकरण गर्न पनि आयोग भनिसकेको बताउनु भयो ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचनमा हुने खर्च पारदर्शी बनाउनका लागि उम्मेदवारहरुले बैक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।






