इजरायलद्वारा पूर्वी जेरुसेलमस्थित राष्ट्रसंघीय निकायका भवनहरू ध्वस्त


८ माघ २०८२, बुधबार ११:५४ मा प्रकाशित


इजरायली अधिकारीहरूले पूर्वी जेरुसेलममा रहेको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सीको परिसरभित्रका धेरै भवनहरू भत्काएका छन् ।

यस कदमको राष्ट्रसंघीय निकायले तत्काल र कडा शब्दमा भत्र्सना गरेको छ । कमिश्नर–जनरल फिलिप लाजारिनीले यसलाई संयुक्त राष्ट्रसंघीय निकाय र यसको परिसरमाथि भएको अभूतपूर्व आक्रमण भन्दै यसले एउटा खतरनाक नजिर स्थापना गरेको चेतावनी दिएका छन् ।

इजरायल भूमिसुधार प्राधिकरणले ती संरचनाहरू अवैध भएकोले कानूनी कारबाही स्वरूप भत्काइएको दाबी गरेको छ । उक्त कार्यको समयमा इस्रायली राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिर घटनास्थलमा उपस्थित थिए र उनले यसलाई सार्वभौमसत्ताका लागि महत्वपूर्ण दिन भएको बताए ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here