सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाही हुनुपर्छः अध्यक्ष ओली


८ माघ २०८२, बुधबार ११:४४ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ । 


बुधवार गृह जिल्ला झापामा जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड भएका संरचनाहरुको अवलोकन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले सार्वजनिक सम्पती, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरु कानूनअनुसार दोषी रहेको बताउनु भयो ।

अपराधिक गतिविधि गर्नेहरुलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने बताउनु भयो । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्ने बताउनु भयो । 

अन्तरिम सरकार देश जलाउनेहरुकै भएकाले पनि अपराधीहरुलाई कारबाही नगरेको उहाँको जिकिर छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओली मनोनयन गर्न सोमवार मात्रै झापा जानुभएको थियो । झापा ५ बाट उहाँले आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्नेगरी मनोनयन गराउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here