मौलिक चाडपर्व सभ्यता, सस्कृति र पहिचानका अमूल्य सम्पदा हुन्ः प्रधानमन्त्री


२ माघ २०८२, बिहीबार १७:५७ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मौलिक चाडपर्वहरु सभ्यता, सस्कृति र पहिचानका अमूल्य सम्पदा रहेको बताउनुभएको छ । 


बिहीवार काठमाडौंमा मगर (माघे) संक्रान्तिको अवसरमा मगर समुदायले आयोजना गरेको  कार्यक्रममा उहाँले माघे संक्रान्ति लगायतका पर्वहरु देशका सम्पदा भएको बताउनुभएको हो । मौलिक चाडपर्व, परम्परा, भेषभुषाको बहुरंगी सौन्दर्यले नेपालको राष्ट्रियता सुन्दर ढंगले श्रृगारिएको उहाँको भनाई छ ।

विविधता र बहुलताका बीचको एकताले नै राष्ट्रलाई समृद्ध, सशक्त र गौरवपूर्ण बनाएको उहाँले बताउनु भयो । उहाँले मौलिक चाडपर्वहरुको संरक्षण र प्रर्वद्धन गर्न सरकारले सधै सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here