काठमाडौं । जेन–जी अभियन्ता मिराज ढुंगानाले जेन–जी विद्रोहबाट अर्थहिन निर्वाचनमात्रै पाएको बताउनुभएको छ ।
बिहीवार माईतीघरमा प्रदर्शनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको उपलब्धि अर्थहीन निर्वाचन भएको टिप्पणी गर्नुभयो । उहाँले अहिले नयाँ भन्नेहरुले संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेको भन्दै संविधान सच्याउन जरुरी रहेको बताउनु भयो ।
अहिले नेपालमा पात्र मात्र नभइ प्रणाली पनि गलत रहेको जिकिर गर्नुभयो । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको भन्दै युवाका भावना नजरअन्दाज गरेर अन्त्यहिन निर्वाचनतिर धकेलिरहेको दाबी गर्नुभयो ।
उहाँले अहिलेको संविधानले गर्न खोज्ने मानिसको पनि हात बाँधिदिने बताउनु भयो ।






