ट्रम्पद्वारा जसरी भएपनि ग्रीनल्याण्ड प्राप्त गर्ने उद्घोष


२९ पुष २०८२, मंगलवार १०:४५ मा प्रकाशित


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्याण्डलाई जसरी भएपनि प्राप्त गर्ने दाबी गर्नुभएको छ । एयर फोर्स वानमा बोल्दै ट्रम्पले आफूले भाडामा लिने वा छोटो अवधिको व्यवस्थाबारे सोचिरहेको नभई सो क्षेत्रलाई पूर्ण रूपमा प्राप्त गर्न खोजेको बताउनु भयो ।

यो कदमले नेटोलाई हानि पु¥याउँछ कि भन्ने प्रश्नमा ट्रम्पले यदि यसले नेटोलाई असर गर्छ भने गरोस् भन्ने जवाफ फर्काउनु भयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here