लाओ कफीले स्थानीय उपभोक्ताहरू माझ मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो लोकप्रियता बढाउँदै लगेको छ ।
यसको विशिष्ट स्वाद र लाओसको मौलिक संस्कृति तथा सम्पदा झल्काउने गुणस्तरले गर्दा यसले बिस्तारै विश्वव्यापी पहिचान बनाउँदैछ । सिनोक कफीका संस्थापक तथा लाओ कफी एशोसिएसनका पूर्वअध्यक्ष सिनोक सिसोम्ब्याट बोलाभेन पठारमा कफी खेतीको अध्ययनबाट आफ्नो यात्रा शुरु गरेको बताउनु हुन्छ ।
लाओसको प्रमुख कृषि निर्यात वस्तुमध्ये एक रहेको कफीले त्यहाँका नागरिकहरूका लागि रोजगारी र आयको मुख्य स्रोत प्रदान गरेको छ । सन् २०२४ मा लाओसले ५० हजार टनभन्दा बढी कफी निर्यात गरी १० करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।






