अमेरिकी राजधानी वासिङ्टन डिसीमा इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीको विरोध गर्न प्रदर्शन भएको छ । हजाराँै मानिसहरु ह्वाइट हाउस नजिकै भेला भइ प्रदर्शन गरेका हुन् । उनीहरुले प्लेकार्ड बोकेर नाराबाजी गर्दै युद्ध अन्त्यको माग गरिरहेका छन् ।
अमेरिकाका ५० भन्दा बढी शहरमा यस्तै विरोध प्रदर्शन भएका थिए । अमेरिका र इजरायलले एक साताअघि इरानमाथि भीषण आक्रमण शुरु गरेका थिए । जारी सैन्य तनावले क्षेत्रीय तनाव बढाएको छ र विश्वव्यापी रूपमा यसको असर परेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।






