प्रतिनिधिसभाको निर्वाचन पछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै पहिलो सर्किट लागेको बजारमा ११ बजेर २१ मिनेटमा दोस्रो सर्किट लागेको हो ।
पहिले बजार १०८ अंक (४ प्रतिशत) ले बढेर कारोबार २० मिनेटका लागि स्थगित गरिएको थिया । ११ बजेर २१ मिनेटमा बजार खुल्दा फेरि दोस्रो सर्किट लागेको हो ।
यो अवधिमा सेयर १३५ अंक (५ प्रतिशत)ले बढेर हल्ट भएको छ । अब ४० मिनेट पछि बजार खुल्ने छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड बहुमत ल्याएपछि राजनीतिक स्थिरता हुने अपेक्षाले लगानीकर्ताको मनोबल उच्च हुँदा सोमबार खुलेको शेयर बजारमा सुरुवातमै तीव्र उछाल देखिएको हो ।
लगानीकर्ताहरूले नयाँ सरकारबाट नीतिगत स्थिरता आउने र त्यसले अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरेपछि बजारमा खरिद चाप बढेको विश्लेषकहरू बताउँछन् । यही कारण बजार खुल्नासाथ अधिकांश कम्पनीहरूको मूल्य उच्च दरमा बढेको देखिएको छ ।






