गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको सुझावः नेपालमा पनि टेक्ने ठाउँ राख्नुस्


१५ मंसिर २०८२, आईतवार १७:४७ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा भएको सम्पती बेचबिचन गरेर नलैजान आग्रह गर्नुभएको छ । 


आईतवार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उहाँले नेपालमा आफ्नो नेपालमा सुरक्षित राख्न आग्रह गर्नुभएको हो । गैरआवासीय नेपालीलाई सरकारले दोस्रो दर्जाको नागरिकको रुपमा नहेरेको बताउँदै उहाँले विदेशमा रहेका नेपालीको सम्पतीको सुरक्षा सरकारले गर्ने बताउनु भयो ।

उहाँले हाल विश्वभर बाहिरका मान्छेलाई बस्न नदिने खालको चलन चलेको उल्लेख गर्नुहुँदै नेपालमा एउटा कोठा मात्रै भएपनि सुरक्षित राख्न आग्रह गर्नुभयो । उहाँले सरकारले गैरआवासीय नेपालीहरुका समस्या विस्तारै सम्बोधन हुँदै जाने पनि बताउनु भयो । गैरआवासीय नेपालीहरुले विगतमा पनि सहयोग गरेको उल्लेख गर्नुहुँदै उहाँले आगामी दिनमा पनि लगानी गर्न आग्रह गर्नुभयो । 

उहाँले गैरआवासीय नेपाली संघको एकताले नेपालमा रहेका राजनितिक दलहरुलाई एकता गर्नुपर्ने सन्देश दिएको उल्लेख गर्नुभयो । नेपालमा राजनितिक दलहरुमा विभाजन देखिएको उल्लेख गर्नुहुँदै उहाँले विभाजनले कसैलाई पनि राम्रो नगर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here