राजावादीको बिजुलीबजारमा प्रदर्शन


१४ मंसिर २०८२, शनिबार १५:५८ मा प्रकाशित


काठमाडौं । राजावादीहरुले काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गरेका छन् । 


शाही युवा शक्ति नेपालको आयोजनामा शनिवार उनीहरुले प्रदर्शन गरेका हुन् । राजतन्त्र पुनःस्थापनाको माग राखी प्रदर्शन गरिएको हो । राजतन्त्र पुनःस्थापनाको लागि जनदबाब सिर्जना गर्न शान्तिपूर्ण प्रदर्शन गरिएको शाही युवा शक्ति नेपालले जनाएको छ ।

प्रदर्शनमा एक दर्जन बढी युवाहरु सहभागी थिए । पछिल्लो समय केही समूहहरुले राजतन्त्र पुनः स्थापनाको माग राखी प्रर्दशन गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here