तोकिएकै समयमा निर्वाचन नभए मुलुक जोखिममा पर्नसक्छः मन्त्री खरेल


४ मंसिर २०८२, बुधबार १८:१९ मा प्रकाशित


सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताउनुभएको छ । 


राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधवार भएको छलफलमा उहाँले निर्वाचन गर्ने वातावरण बनाउन सरकार लागिरेहेको बताउनुभएको हो । उहाँले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने बताउनु भयो ।

उहाँले निर्वाचनको लागि सरकारले १ सय २३ वटै राजनीतिक दलहरुसँग निरन्तर संवाद गरिरहेको जानकारी दिनुभयो । उहाँले निर्वाचनको वातावरण बनाउन सहयोग गर्न राष्ट्रिय सभाका सदस्यहरुलाई समेत आग्रह गर्नुभयो । उहाँले निर्वाचन सम्पन्न गराउने राष्ट्रिय सभा र संसदीय समितिहरुको महत्वपूर्ण भुमिका हुने उल्लेख गर्नुभयो ।

उहाँले सुशासन र भ्रष्टाचार नियन्त्रणको कामलाई पनि अगाडी बढाइरहेको जानकारी दिनुभयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here