अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हरेक नागरिकले निर्भयताका साथ मतदान गर्नसक्ने वातावरण सिर्जना गर्ने बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा राजनीतिक दलहरुसँग छलफल गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन सुरक्षा सरकारको सुरक्षा उच्च प्राथमिहकताको विषय भएको बताउनु भयो ।
जोखिम व्यवस्थापनका लागि राजनीतिक विवाद चर्किएका वा सुरक्षाका रूपमा संवेदनशील जिल्लाहरूलाई हटस्पटमा राखेर सादा पोशाकका सुरक्षाकर्मी र गुप्तचर परिचालन गरिएको बताउनु भयो । हिमाली जिल्लाको बन्दोबस्तीलगायत सबै निर्वाचन व्यवस्थापनका समस्या अहिलेबाटै समाधान खोज्न आयोगसँग समन्वय गरिरहेको पनि बताउनु भयो ।
वर्तमान सरकार लोकतान्त्रिक निकासको लागि बनेको एक पुल भएको बताउनु भयो ।






