जनार्दन शर्माले अराजक व्यवहार देखाएः दाहाल


१७ कार्तिक २०८२, आईतवार १०:५६ मा प्रकाशित


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाउनुभएको आरोप लगाउनुभएको छ । 


शनिवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठक राम्रो किसिमले चलिरहेको तर आफ्ना कुरा राखेर शर्मा अराजक शैली देखाउँदै निस्किनुभएको बताउनु भयो । उहाँले शर्माको उक्त शैली राम्रो नभएको टिप्पणी गर्नुभयो ।

शर्मा सचिवालय बैठक छोडेर बीचमै निस्किनुभएको थियो । उहाँले माओवाद माओवादी केन्द्रले छोड्न लागेकोप्रति आपत्ति जनाउँदै नेकपा (एकीकृत समाजावदी)सँग पार्टी एकता हुन नहुने धारणा राख्नुभएको छ । 

दाहालले केन्द्रिय कमिटी बैठकसम्म शर्मा पनि एक हुने बताउँदै माओवादी केन्द्र एकजुट रहेको दाबी गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here