स्वास्थ्य बीमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा


२४ जेष्ठ २०८३, आईतवार १७:५५ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा सुधारका लागि ऐन नै संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ । 


आईतवार मन्त्रालयका सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य बीमा सुधार कार्यक्रमका लागि ऐन संशोधन गरेर नै अघि बढ्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले सरकारले बीमा क्षेत्रमा देखिएको गुनासोहरु तत्काल सम्बोधन गर्नुपर्ने अवस्था आएको पनि बताउनु भयो ।

सचिव देवकोटाले सरकारले स्वास्थ्य विमा कार्यक्रमलाई उच्च प्राथमिकता राखेको दाबी समेत गर्नुभयो । सरकारले विगतमा वर्षहरुमा भन्दा उक्त कार्यक्रमका लागि दोब्बर बजेट विनियोजन गरेकाले स्वास्थ्य बीमा कार्यक्रम सुधारमा फडको मार्ने अवस्था रहेको सचिव देवकोटाको जिकिर थियो ।

सचिव देवकोटाले सरकारले आगामी ३ वर्षभित्र आधार स्वास्थ्य सेवा आम नागरिकलाई पु¥याउने गरी सरकारले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here