थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काइने


१७ कार्तिक २०८२, आईतवार १३:४३ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने भएको छ ।

सम्पदा क्षेत्र खालि गराउने अभियानमा रहेको महानगर प्रहरी आईतवार बिहानै डोजरसहित प्रभागमा पुगेको थियो । महानगर प्रहरीले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अन्य अवैध भौतिक संरचना भत्काएको भएपनि प्रभाग नभत्काइने महानगरपालिका वडा न. ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले बताउनु भयो ।

प्रहरीहरुलाई बस्न समेत समस्या भएको अवस्थामा प्रभागको पुरानो भवन निर्माण नहुञ्जेलसम्म भत्काउन नदिइने उहाँले बताउनु भयो । महानगरे सम्पदा जग्गा अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन लागेको थियो । यता ट्राफिकले भने २०३० सालदेखि स्थापना गरी बिट बसेको बताउँदै आएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here