मेची राजमार्गको राजदुवालीमा एकतर्फी सवारीसाधन सञ्चालन


१७ कार्तिक २०८२, आईतवार १०:४४ मा प्रकाशित

इलाम । अविरल वर्षासँगै अवरुद्ध बनेको मेची राजमार्गअन्तर्गत इलामको राजदुवालीखण्डमा आइतबार (कात्तिक १६) बिहानदेखि एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको छ । सडक मर्मतपश्चात् हलुका सवारीसाधनको आवतजावत खुला गरिएको हो ।

सडक डिभिजन कार्यालय र स्थानीय तहको सहकार्यमा भासिएको बाटोछेउमा अस्थायी जग र ग्याबियन जाली राखेर मर्मत गरिएको छ । वर्षासँगै राजदुवालीनजिकै केही भाग सडक भासिएको थियो । त्यसपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

त्योसँगै इलाम, पाँचथर र ताप्लेजुङसम्म यातायात सेवा अवरुद्ध भएको थियो । झापा झर्न समेत यात्रुलाई कठिनाइ भएको थियो । 

सडक मर्मतपछि जीप, कार र साना भ्यानलाई सावधानीपूर्वक एकतर्फी आवागमनको अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here