चार सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ परियोजना बन्ने


१६ कार्तिक २०८२, शनिबार १५:२५ मा प्रकाशित


काठमाडौं । नेपाल डेभलपमेण्ट पब्लिक कम्पनी (एनडीपी) ले चार सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ परियोजना बनाउने भएको छ । 


एनडीपीको शुक्रवार सम्पन्न साधारणसभाका कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त जानकारी दिनुभएको हो । उहाँले एनडीपीसहितको समुहले मिलेर सो जलविद्युत परियोजना निर्माणको लागी सम्झौता गरेको बताउनु भयो ।

उक्त जलविद्युत निर्माणको लागि सहज रहेको समेत उहाँले बताउनु भयो । भारतको सिमासम्म पुग्ने गरि उक्त ठाउँमा विद्युत प्रशारण लाईन समेत बनिसकेको उहाँको भनाई छ । मुक्तिनाथ जाने बाटोमा रहेको लेतेबाट टनेलमा पानी छिराउने र हाईवेमा नै कालिगण्डकी पावरहाउस निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । 


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनुभएका ढकालले एनडीपीले स्टार्टअप, जलविद्युत आयोजना निर्माण लगायतका क्षेत्रमा लगानी गर्ने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here