काँग्रेसमा फुट आउँछ भनेर कल्पना पनि नगरे हुन्छः विश्वप्रकाश शर्मा


१६ कार्तिक २०८२, शनिबार १५:२३ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीमा फुट आउँछ भनेर कसैले पनि कल्पना नगरे हुने बताउनुभएको छ । 


पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी भित्र मतभेद चर्किरहेका बेला उहाँको यस्तो प्रतिक्रिया बाहिर आएको हो । शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै महामन्त्री शर्माले पार्टी भित्र फरक मत विगत, विगत र भविष्यमा पनि रहने तर्क गर्दै त्यसैको आधारमा फुट आउँछ भनेर भन्न नमिल्ने बताउनु भयो ।

उहाँले महाधिवेशन निर्वाचन गर्ने कि नगर्ने भन्ने विषयमा देखिएको विवादको टुंगो लगाउन महासमिति सदस्यहरुको सुझावलाई निर्णयको आधार बनाउन सकिने प्रश्ताव समेत गर्नुभयो । महाधिवेशन प्रतिनिधि वा केन्द्रिय समितिको सुझावलाई नमान्ने हो भने महासमितीको सुझावको आधारमा महाधिवेशनको मितिबारे टुंगो लगाउन उपयुक्त हुने उहाँको भनाई थियो ।


महामन्त्री शर्माले आफूहरुले विपी कोईरालाले राष्ट्रिय मेलमिलाप नीतिको समय पारेर आगामी पुस १६, १७, १८ र १९ गते महाधिवेशन गर्दा हुने प्रश्तावमा जोड दिएको समेत बताउनु भयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here