बुधवार बिहानैदेखि देशभरको मौसम साधारणतया बदली


१३ कार्तिक २०८२, बुधबार १०:१२ मा प्रकाशित


मंगलवारझैँ बुधवार पनि बिहानैदेखि देशभरको मौसम साधारणतया बदली रहेको छ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानरूमा मध्यम वर्षा/हिमपात र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको साथै अरव सागरमा बनेको न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम अनुकुलताका कारण हवाई उडानमा समस्या बनेको छ भने दैनिक जनजीवन पनि कष्टकर बनेको छ । बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम धुमल्लिएको छ । जताततै तुँवालो लागेको छ । आगामी शनिवारसम्म मौसम प्रतिकुल नहुने विभागको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here