लोकतान्त्रिक अभ्यासको निरन्तरता सबै दलको साझा जिम्मेवारीः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी


१२ कार्तिक २०८२, मंगलवार १४:३७ मा प्रकाशित


काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागि भएर लोकतान्त्रिक अभ्यासको निरन्तरता सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको बताउनुभएको छ । 


नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल दल दर्ताका लागि पुगेका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको वर्तमान राजनीतिक जटिलता समाधानका लागि  आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

मुलुक विषम राजनीतिक संकतबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले आउँदो निर्वाचनमा प्रतिष्पर्धामा सहभागि नहुने दलहरु लक्ष्मणरेखाभन्दा बाहिर रहने पनि टिप्पणी गर्नुभयो । उहाँले राजनीतिक दलहरूबीच स्वस्थ प्रतिष्पर्धा र लोकतान्त्रिक मर्यादामा रहेर निर्वाचनमा सहभागी हुन सबै दलहरुलाई आग्रह पनि गर्नुभयो । 


उहाँले आगामी निर्वाचन प्रक्रियामा नागरिक, राजनीतिक दल, सरकारी निकाय र सञ्चार माध्यम सबैको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै स्वच्छ र शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाल सबैमा आग्रह समेत गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here