पार्थीव शरीरमा श्रदाञ्जली दिँदै प्रधानमन्त्री कार्कीले भनिन्–विपिन जोशी सबै नेपाली आमाको छोरो हो


४ कार्तिक २०८२, सोमबार १७:२० मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।


सोमवार दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित सभामा पुगेर उहाँले श्रद्धाञ्जली व्यक्त गर्नुभयो । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले इजरायल–हमास युद्धका क्रममा नेपाली युवाहरुले भोग्नुपरेको दुःख र संघर्ष अनुभव गर्न नसकिने बताउनु भयो ।

प्रधानमन्त्री कार्कीले विपीन जोशी सबै नेपाली आमाहरुको छोरो भएको उल्लेख गर्दै उसलाई विर्सिन नसकिने बताउनु भयो । 

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा वन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो । उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् । उनको अव आजै कञ्चनपुरस्थित घरमा लैजाने तयारी छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here