काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली कानूनभन्दा माथि नरहनुभएको बताउनुभएको छ ।
सिंहदरबारमा सोमवार पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिनुभएको थियो । गृहमन्त्री अर्यालले ओलीको उक्त चुनौतीलाई कानून मान्दिन भनेको भन्ने संज्ञा दिनुभएको छ । उहाँले पहिला केपी ओली कानूनभन्दा माथि भएपनि अब नभएको बताउनु भयो ।
उहाँले केपी ओलीलाई उपत्यकाका नछाड्न सरकारले नभई भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको आयोगले भनेको बताउनु भयो ।






