नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु


१४ बैशाख २०८३, सोमबार १३:१५ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ  ।


सोमवार पार्टी मुख्यालय सानेपामा बैठक शुरु भएको हो । बैठकमा पार्टी संंसदीय दलका नेता चेयनबारे सर्वसम्मत निर्णय गर्ने काँग्रेसले जनाएको छ । काँग्रेसभित्र पार्टी संसदीय दलको नेतामा भिष्मराज आङदेम्बे, अर्जुननरसिंह केसीलगायतका सांसदहरुले दाबी गरेपछि त्यसलाई सहमतीमा टुंगो लगाउन पार्टीका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्य दल नै गठन गरिएको थियो ।

कार्य दलले सो बैठकमा सुझाव पेश गर्ने र पार्टी सभापति गगनकुमार थापाले सो सम्बन्धमा आवश्यक निर्णय लिने नेताहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here