३ लाख नगद पुरस्कार राशीको राष्ट्रिय स्तरकोबुद्धिचाल प्रतियोगिता वैशाख १६ देखि


१४ बैशाख २०८३, सोमबार १३:१२ मा प्रकाशित


काठमाडौं । स्व. रामहरि कृष्ण मानन्धर स्मृति तेस्रो राष्ट्रिय ¥यापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस च्याम्पियनसिप वैशाख १६ गतेदेखि हुने भएको छ । 


सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिइएको हो । प्रतियोगिता वैशाख १६ देखि १८ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । प्रतियोगितामा कुल नगद पुरस्कार राशी ३ लाख रहेको छ । जसअन्तर्गत ¥यापिडतर्फ २ लाख र ब्लिट्ज खेलतर्फ १ लाख वितरण गरिने आयोजकले जनाएको छ ।

वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसहित देशका उत्कृष्ट २ सय जना खेलाडीहरूले यस प्रतियोगितामा आफ्नो वर्चश्वको लागि प्रतिष्पर्धा गर्ने क्षेत्रपार्टी क्लवका अध्यक्ष गोपाल मालीले बताउनु भयो । प्रतियोगितामा खुलाविधातर्फ ¥यापिडमा क्रमशः ३५, २५ र १५ हजजार तथा महिलातर्फ १०, ७ र ५ हजार पुरस्कार रहेको छ ।

ब्लिट्ल खेलमा खुलातर्फ १५,१० र ८ हजार र महिलातर्फ १०,७ र ५ हजार पुरस्कार रहेको छ । विभिन्न विधा तथा उमेर समूहअन्तर्गत कउत्कृष्ट महिला सिनियर(५५ वर्षमाथि) रेटिङ १८ सय र १६ सय भन्दा कम, अनरेटेड तथा जुनियर (यु १२,१४,१६) सहित ४४ जना खेलाडीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताउनु भयो । 


सहभागी हुने प्रमुख खेलाडीहरूमा पूर्वनेपाल च्याम्पियनहरु बद्रीलाल नेपाली, सिएन नवीन तण्डुकार, सिएम केशव श्रेष्ठ, नेपाल वुमन च्याम्पियन सिन्दिरा जोशी, कृतिसरा अधिकारी र विनिता कपाली लगायत रहनुहुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here