देश छोडेर भाग्दिन, भाग्नुपर्ने कुनै कारण छैनः पूर्वऊर्जामन्त्री खड्का


४ कार्तिक २०८२, सोमबार १३:५८ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका नेता एवं निःवर्तमान ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफू देश छोडेर भाग्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।


गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वमन्त्री खड्का अमेरिका भागेको भनि अन्तर्वार्ता दिएलगत्तै उहाँले सोमवार जेनजी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार सम्मेलन गरी सो दाबी गर्नुभएको हो । उहाँले गृहमन्त्री अर्याललाई आफू के कारणले देश छोडेर भाग्नुपर्ने रहेछ ? भनि प्रश्न समेत गर्नुभयो ।

पूर्वमन्त्री खड्काले आफूले मुलुकमा भ्रष्टाचारविरुद्ध अभियाननै चलाएको जिकिर समेत गर्नुभयो । उहाँले राजनीति खर्चिलो हुन्छ भनेर आफूले व्यापार व्यवसाय गरेर राजनीतिमा आएको पनि बताउनु भयो । 


नेता खड्काले आफू श्रीमती डेंगु लागेर विरामी भएपछि उपचारको लागि भारत गएको स्पष्टिकरण समेत दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here