तिहार लागेसँगै सुनसान देखिए उपत्यकाका सडक


४ कार्तिक २०८२, सोमबार १३:४५ मा प्रकाशित


काठमाडौं । तिहार शुरु भएसँगै काठमाडौं उपत्यकाका सडकहरु सुनसान देखिन थालेका छन् ।


आज तिहारको तेस्रो दिन कुकुर तिहार मनाइँदैछ । तिहारमा केही काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरु गाउँ फर्किएका छन् भने कोही कार्यालय बन्द हुँदा घरमै आराम गरिरहेका छन् । जसकारण पनि उपत्यकाका सडकमा सुनसान देखिन्छ ।

सडकमा सवारीसाधनहरुको चाप धेरै कम रहेको छ । मानिसहरु बजारमा सामान किनमेलमा व्यस्त देखिन्छन् । तिहार नेपालीहरुको बडा दशैँपछिको दोस्रो ठूलो चाड हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here