राजनीतिक दलहरु आफ्नै कारणले विस्थापित हुँदैछन्ः उपाध्यक्ष खतिवडा


५ आश्विन २०८२, आईतवार १६:२३ मा प्रकाशित


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले राजनीतिक दलहरु आफ्नै कारणले विस्थापित भइरहेको बताउनुभएको छ ।


आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको परिवर्तन गर्ने गणतन्त्र ल्याउने, समाजवादको दिशामा जाने राजनीतिक दलहरुलाई अहिले जनताले मन पराउन छोडेको बताउनु भयो ।

यसको कारण नेताहरुको व्यवहार र कार्यशैली रहेको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टी वितृष्णा, निषेध र समाप्तिको डिलमा पुग्नुको कारण नेताहरुको चरित्र र काम नै रहेको बताउनु भयो ।

सत्तामा पुगेपछि वर्ग संघर्षलाई जोड नदिनुको परिणाम आज देखिएको उहाँको टिप्पणी छ । सत्ता संघर्षका लागि सारै तिब्र भएर लाग्ने, सत्तामा पुगेपछि सत्तामा टिक्न झनै व्यघ्र भएर लाग्ने तर जुन वर्गको प्रतिनिधित्व गरेर आउने हो त्यसको उत्थानका लागि कहिल्यै नलाग्दा श्रमजीवि वर्ग टाढिँदै गएको जिकिर गर्नुभयो । 


उपाध्यक्ष खतिवडाले सत्तामा पुगेपछि समाजवादी अर्थतन्त्रको ढाँचा निर्माण गर्न कुनै काम नभएको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here