ठूला राजनीतिक दलका शिर्ष नेताहरुकै कारण लोकतन्त्र असफल भयोः पुरञ्जन आचार्य


२ आश्विन २०८२, बिहीबार ११:४९ मा प्रकाशित

काठमाडौं । वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शिर्ष नेताहरुकै कारण लोकतन्त्र असफल भएकाले उनीहरुले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।


ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को नेतृत्व गरिरहेकै नेताहरु असफल भएको प्रमाण आन्दोलनबाट पुष्टि भइसकेको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले नेता र नेतृत्वको विरुद्धमा जनता सडकमा निस्किनु भनेको उनीहरु असफल भएको प्रमाण रहेको जिकिर गर्नुभयो ।

काँग्रेस र एमाले र माओवादीको नेतृत्व गर्नेहरुले सरकारको पतनसँगै आफ्नो पार्टीमा राजीनामा बुझाउनुपर्नेमा त्यो हुन नसकेको बताउनु भयो । आन्दोलनमा टेकेर भएको अपराध, तोडफोड, हत्याले शिर्ष नेताहरु राजकाज चलाउन असफल भएको स्पष्ट हुने बताउनु भयो ।

जेन जी आन्दोलन शिर्ष नेताहरुको नेतृत्वको असफलतामै टेकेर भएको बताउनु भयो । पार्टी दुब्लाएर हात्तीबाट मुसा भइसक्दा समेत माओवादीको नेतृत्वबाट पुष्पकमल दाहालले छोड्न नसक्नुभएको बताउनु भयो । 

उहाँले कार्यकर्ताहरुले सचेततापूर्वक शिर्ष नेताहरुलाई पार्टीबाट अब बिदाइ गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here