जेन जी आन्दोलनको आडमा राजनीतिक दलले ल्याएका परिवर्तनमाथि धावा बोलिँदैछः प्रकाशमान सिंह


२ आश्विन २०८२, बिहीबार १०:१९ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जेन जी आन्दोलनको आडमा राजनीतिक दलहरुले ल्याएका उपलब्धिहरु केही होइनन् भन्ने भाष्य सिर्जना गर्ने दुष्प्रयास भइरहेको बताउनुभएको छ ।


बिहीवार गणेशमान सिंहको २८ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राप्त गरेका अधिकार सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्ने जिम्मेवारी रहेको बताउनु भयो ।

उहाँले जेन जीको प्रदर्शनको आडमा कोईराला निवास, कृष्णप्रसाद भट्टराईको आश्रम, सिंहदरबार, संसद भवन लगायतका सरकारी सम्पतीमा आगजनी गरिएको भन्दै यसको निष्पक्ष छानविन हुनुपर्ने माग राख्नुभयो । लोकतन्त्रमाथि खेल्ने काम नगर्न पनि चेतावनी दिनुभयो । यसमा सरकार र राजनीतिक दलहरु सतर्क हुनुपर्ने उहाँको भनाइ छ ।


नेता सिंहले लोकतन्त्रात्मक पद्धतिमा जनताले चित्त नबुझाएको कुराहरु सुधार गरेर राजनीतिक दलहरु अघि बढ्नुपर्ने बताउनु भयो । अहिलेको परिस्थितिबाट देशलाई माथि उकास्न अबका दिनमा नेपाली काँग्रेसले नेतृत्व लिएर अघि बढ्ने बताउनु भयो । जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने सन्देश अहिलेको आन्दोलनले दिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here