जेन–जी आन्दोलनमा मृत्यु भएकाको शोकमा पत्रकार महासंघ उपत्यका समितिद्वारा दीप प्रज्वलन


१ आश्विन २०८२, बुधबार १९:१० मा प्रकाशित


काठमाडौं । जेन–जी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा नेपाल पत्रकार महासंघ उपत्यका समितिले काठमाडौंमा दीप प्रज्वलन गरेको छ ।


बुधवार अपरान्ह काठमाडौंको माईतीघर मण्डलामा महासंघको उपत्यका समितिका पदाधिकारीको उपस्थितिमा श्रदाञ्जली सभासहित दीप प्रज्वलन गरेको हो । गत भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरोधी जेन–जीको आन्दोलनको क्रममा देशभर ७४ जनाको मृत्यु भएको थियो । सयौं घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here