कला, संस्कृति र सम्पदा संरक्षण सबैको साझा दायित्वः राष्ट्रपति


२० भाद्र २०८२, शुक्रबार १३:३७ मा प्रकाशित


काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कला, संस्कृति र सम्पदाको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनको लागि सरकार मात्र नभई निजी क्षेत्र र आम नागरिक सबैको साझा दायित्व रहेको बताउनुभएको छ ।


शुक्रवार नेपाल कला तथा संस्कृति महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतान्त्रिक शासन प्रणालीमा सबै वर्ग, क्षेत्र र पेसाले समान अवसर पाउने उल्लेख गर्दै सम्पदा संरक्षणमा चनाखो हुन सम्पदाप्रेमीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले नेपाल कला परिषद्को पहलमा निजी, सरकारी तथा जनस्तरको सहभागितामा महोत्सव आयोजना हुनु सकारात्मक पहल भएको उल्लेख गर्दै यस्तो कार्यक्रमले नेपालका हिमालदेखि सांस्कृतिक धरोहरसम्मका कथा विश्वसामु चिनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लोकतान्त्रिक व्यवस्थामा सबै वर्ग, क्षेत्र र जातिको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुनेमा विश्वास समेत व्यक्त गर्नुभयो  ।


यही व्यवस्थामा प्राप्त उपलब्धी र अवसरहरुको उपयोग गरी भाषा, कला र संस्कृतिको विकास गर्नतर्फ सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here