राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको अध्यक्षमा पुनः ओझा चयन


१४ भाद्र २०८२, शनिबार २१:१७ मा प्रकाशित

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको अध्यक्षमा पुनः केशवप्रसाद ओझा चयन  भएका छन् । झापाको बिर्तामोडमा आज शनिवार भएको जिल्ला अधिवेशनले ओझालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । राप्रपाको ११ औं जिल्ला अधिवेशनबाट आगामी कार्यकालका लागि ओझा निर्वाचित भएका हुन् । 

यसअघि नै शुरु भएको निर्वाचन कार्यक्रममा अध्यक्षमा ओझा बाहेक अरु कसैले पनि मनोनयन दर्ता नगरेपछि उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए ।  आज ११ औं झापा जिल्ला अधिवेशन तथा घोषणा कार्यक्रमको आयोजना गरी ओझाको नेतृत्वमा ३७ सदस्यीय जिल्ला कार्य समिति घोषणा गरिएको छ । अन्य १२ जना सदस्य अध्यक्षले पछि मनोनयन गर्ने निर्वाचन समितिका संयोजनक टंक कटवालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here