पूर्वराष्ट्रपति भण्डारीले एमालेलाई कमजोर बनाउने गतिविधि गर्न मिल्दैनः प्रदीप ज्ञवाली


१४ भाद्र २०८२, शनिबार १७:५९ मा प्रकाशित


काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेलाई कमजोर बनाउने खालका कुनैपनि काम गर्न नहुने बताउनुभएको छ ।


शनिवार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले एमालेले राष्ट्रपति जस्तो सम्माननीत र गरिमामय पदमा पु¥याएकाले सो पार्टीलाई कमजोर बनाउने खालको गतिविधि पूर्वराष्ट्रपति भण्डारीले गर्न नहुने उहाँले जिकीर गर्नुभएको उपमहासचिव ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारी भण्डारीको पदीय गरिमा र व्यक्तित्वलाई सम्मान गर्न पनि दलगत राजनीतिमा आउन दिन नहुने तर्क गर्नुभयो ।

उहाँले संविधानले पनि राष्ट्रपति, उपराष्ट्रपति जस्ता राष्ट्रको अभिभावकको रुपमा रहेका व्यक्तिलाई दलीय राजनीतिमा फर्कन नमिल्ने परिकल्पना गरेको समेत दोहो¥याउनु भयो । राष्ट्रपति भईसकेको व्यक्ति दलीय राजनीतिमा फर्कने कुराले पदीय गरिमाको पनि न्याय नहुने उपमहासचिव ज्ञवालीको भनाई थियो । उहाँले पूर्व राष्ट्रपति भण्डारीप्रतिको पार्टीको सम्मान, आदरभाव र उहाँको योगदानप्रतिको सम्मानमा कुनै कमी हुन नदिने पनि बताउनु भयो । 


उपमहासचिव ज्ञवालीले आगामी महाधिवेशनमा पनि पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नभएको पनि बताउनु भयो । ओलीलाई पार्टीको नेतृत्वमा निरन्तरता दिने कुरामा पार्टी भित्र कुनै विवाद नरहेको पनि उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here