लिपुलेकको भूमि मिचिएकोबारे आवाज उठाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीको जवाफः ‘अवश्य उठ्छ’


१३ भाद्र २०८२, शुक्रबार १६:५५ मा प्रकाशित

काठमाडौं- रष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले महाकालीमनथिका लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य भूभाग भएकोमा आफ्नो दल दृढ रहेको बताउनुभएको छ ।


प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पराजुलीले यस्तो बताउनुभएको हो । उहाँले  चीन–भारत सहमतिबारे चीन भ्रमणअघि स्पष्ट पार्न र राष्ट्रियताको सन्दर्भमा साझा अवधारणा बनाउन सरकारसँग माग गर्नुभयो । उहाँले १८१६ को सुगौली सन्धिबाट काली नदी नेपालको पश्चिमी सीमा भएको ऐतिहासिक तथ्य विवादको विषय बन्न नसक्ने बताउनु भयो ।  लिम्पियाधुरा काली नदीको उद्गमस्थल भएको र यही नदी नेपालको पश्चिमी सीमा भएको विभिन्न प्रमाणले पुष्टि गर्ने उहाँको भनाइ छ । नेपालको प्रत्यक्ष सहभागिता र सहमतिबिना भारत र चीनबीच गरिएको कुनैपनि सम्झौता वैधानिक नहुने उहाँको जिकिर छ ।

उहाँ देशको सीमा विवादको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here