शनिश्चरेमा मिस्टर बेकरी एण्ड आइसक्रिम पार्लरको शाखा संचालनमा


१३ भाद्र २०८२, शुक्रबार १६:१८ मा प्रकाशित

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरे बजारमा मिस्टर बेकरी एण्ड आइसक्रिम पार्लरको तेस्रो शाखा संचालनमा आएको छ ।

शुक्रबारदेखि औपचारिक रूपमा सो बेकरीको सेवा सुरु गरिएको हो । सञ्चालक चिन्तामणि गौतमका अनुसार नयाँ शाखा सञ्चालनमा ल्याउन करिब ५० लाख रुपैयाँ लगानी गरिएको छ ।

उपभोक्ताको माग र सहज सेवाको आवश्यकतालाई ध्यानमा राख्दै शाखा विस्तार गरिएको हो । नयाँ शाखामा केक, पिजा, (बर्गर), बिस्कुट लगायतका बेकरी तथा आइसक्रिमका विभिन्न उत्पादनहरू उपलब्ध छन् । साथै, स्थानीय ग्राहकलाई स्वस्थ्य, लाभदायक तथा शाकाहारी केक उपलब्ध गराउने विशेष उद्देश्य पनि राखिएको गौतमले जानकारी दिए ।

 सञ्चालक गौतमले रोजगारी र उद्यमशीलताको विकासमार्फत स्थानीय अर्थतन्त्रलाई समेत सघाउने विश्वास व्यक्त गर्नुभयो । सञ्चालक गौतमले युरोपसहित दुबई र कतारमा करिब २५ वर्षसम्म केक र बेकरीसम्बन्धी प्रशिक्षण दिएर अनुभव र विज्ञता हासिल गरेका छन्। उनले विदेशमा सिकेको ज्ञान र सिपलाई अब स्वदेशमै प्रयोग गर्दै उपभोक्तालाई गुणस्तरीय सेवा दिन लागेको बताए ।

साथै उद्घाटन कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सो बेकरी आईटमको सेवालाई सकारात्मक तरिकाले सञ्चालन हुने विश्वास व्यक्त गरेका छन । शनिश्चरे बजारको उत्तर एनआइसी एसिया बैङक अगाडी रहेको  यस मिस्टर बेकरी एण्ड आइसक्रिम पार्लरका दुईवटा शाखा  सञ्चालनमा छन् । शनिश्चरे बजारको नयाँ शाखासँगै व्यवसाय विस्तारले सेवाको दायरा अझ व्यापक हुने र उपभोक्ताले आकर्षक वातावरणमा गुणस्तरीय सेवा पाउने अपेक्षा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here